images
images

टानद्वारा जाजरकोटका भूकम्पपीडितका लागि पाँच लाख सहयोग

टानद्वारा जाजरकोटका भूकम्पपीडितका लागि पाँच लाख सहयोग

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • images
    images
    टानद्वारा जाजरकोटका भूकम्पपीडितका लागि पाँच लाख सहयोग

    काठमाडौँ / देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु पाँच लाखभन्दा बढी रकम सहयोग गरेको छ ।

    images
    images

    सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा टानले आज रु पाँच लाख पाँच हजार पाँच सय ५५ नगद सहयोग गरेको हो ।

    टानका अध्यक्ष नीलहरि बाँस्तोला नेतृत्वको टोलीले मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रु पाँच लाख पाँच हजार पाँच ५५ को चेक हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिना, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंलगायतको सहभागिता रहेको थियो ।

    यसअघि सोमबारमात्र विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु १९ लाख नगद र जिन्सी सामग्री गरी झण्डै रु ३० लाख बराबरको सहयोग गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार