images
images

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । 

    images
    images

    सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १९ पदका लागि निर्वाचनको मिति तोकेको छ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ भने पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । 

    राष्ट्रियसभामा रिक्त हुने २० सदस्यमध्ये १९ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।आयोगले माघ ११ गते हुने निर्वाचनकालागि आयोगले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय गरेको छ ।

    त्यस्तै, राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने जनाएको छ । पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । माघ ११ गते भने विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार