images
images

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ गते, समानुपातिकको बन्दसूचीमा नाम भएको व्यक्ति उम्मेदवार बन्न नपाउने

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ गते, समानुपातिकको बन्दसूचीमा नाम भएको व्यक्ति उम्मेदवार बन्न नपाउने

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ गते, समानुपातिकको बन्दसूचीमा नाम भएको व्यक्ति उम्मेदवार बन्न नपाउने

    काठमाडौँ / निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

    images
    images

    प्रकाशित मतदाता नामावलीमाथी दाबी विरोध लगायतका काम त्यसै दिनबाट सुरु भएर पुस २२ गते सम्पन्न हुने, त्यसै दिन अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुनेछ ।

    अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ ।

    मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।

    उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

    उनका अनुसार मतदान कार्य माघ ११ गते बिहान नौ बजेदेखि दिउसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना कार्य हुने जनाइएको छ ।

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा तीनमामा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा एकको प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार