images
images

नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन, २० प्रतिशत डाउन पेमेन्टमै किन्न पाइने

नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन, २० प्रतिशत डाउन पेमेन्टमै किन्न पाइने

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन, २० प्रतिशत डाउन पेमेन्टमै किन्न पाइने

    काठमाडौँ / फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई-सी थ्रीलाई नेपाली बजारमा ल्याएको छ । हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु रहेको नेपाली बजारमा सिट्रोन ई-सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको विकल्प बनेर आएको छ ।

    images
    images

    २९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई-सी थ्री पूर्ण रुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई-सी थ्रीमा ई-टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ ।

    विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । यो प्रश्नलाई सिट्रोन ई-सी थ्रीले चित्त बुझ्ने गरि सम्बोधन गरेको छ । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

    सुरक्षाको मामिलामा पनि सिट्रोन ई-सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ । एबीएस, इएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यो गाडीमा क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको कम्पनीको दावी छ । यस सिट्रोन ई-सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ ।

    गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी रहेको छ । साथमा किलोमिटरको दुरीसम्म भने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ ।

    सिट्रोन ई-सी थ्री जम्मा २० प्रतिशत डाउन पेमेन्टमा पाइने बताइएको छ । बाँकी ८० प्रतिशत भुक्तानीको लागि ९.४९ प्रतिशत ब्याजदरमा ७ वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

    हालै सिट्रोन ई-सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वर्ल्ड कार अवार्ड समारोहमा वर्ल्ड अर्बन कार अफ द इयर २०२३ जितेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार