images
images

प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल निर्विरोध

प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल निर्विरोध

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल निर्विरोध

    काठमाडौँ / प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित गरेको छ ।

    images
    images

    निर्वाचित समितिमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन् निर्वाचित भएका छन् । 

    सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैङ्कको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार