images
images

रमेश कर्प र बोनजोय ट्राभलबिच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

रमेश कर्प र बोनजोय ट्राभलबिच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    रमेश कर्प र बोनजोय ट्राभलबिच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

    काठमाडौँ / रमेश कर्पले प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभलसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको गरेको छ । रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ  बढी प्रभावकारी बनाउने प्रमुख उद्देश्यका साथ उक्त सम्झौता भएको हो । 

    images
    images

    सो सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभलसँगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउने कम्पनीको जिकिर छ । “यो रणनीतिक साझेदारी विशेष गरी निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले टिकटिंग सुबिधाहरू, भिसा सहायता, टूर प्याकेजहरू, र होटल बुकिंगहरूदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा, र व्यक्तिगत बैठकलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ । 

    रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, “हाम्रा हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा, हामी बोन्जोय ट्राभलसँग हात मिलाउन पाउँदा हर्षित छौँ । यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ । ट्राभल उद्योगमा बोन्जोय ट्राभलको विशेषज्ञताले उनीहरूलाई हाम्रा लागि एक आदर्श साझेदार बनाउँछ ।” 
     
    यो साझेदारीले उत्कृष्टताको लागि साझा प्रतिबद्धताका साथ दुई औद्योगिक अगुवाहरूको संघलाई जनाउँछ । रमेश कर्प र बोन्जोय ट्राभल प्रा. लि. एक फलदायी सहयोगको लागि तत्पर छ जसले निस्सन्देह संलग्न सबै हितग्राहीहरूको समग्र यात्रा अनुभवलाई उत्कृष्ट बनाउनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार