images
images

जीवन बदल्न सक्छ, यी हुन् सफलताका दश सुत्रहरु : प्रयत्न गर्नुस्, लगातारको मेहनतले फल दिन्छ ...!

जीवन बदल्न सक्छ, यी हुन् सफलताका दश सुत्रहरु : प्रयत्न गर्नुस्, लगातारको मेहनतले फल दिन्छ ...!

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • images
    images
    जीवन बदल्न सक्छ, यी हुन् सफलताका दश सुत्रहरु : प्रयत्न गर्नुस्, लगातारको मेहनतले फल दिन्छ ...!

    जीवनमा मानिसहरु लक्ष्य नभएको शिकारी जस्तै बरालिएर हिँडेको भेटिन्छन् । वा सफलता एकै रातमा खोज्छन् । एकैसमयमा कायपलट हुन चाहान्छन् ।

    images
    images

    बदलिदो समाज रहन सहन र फेरिदो हाम्रो जिवनशैलीले आधुनिकतासँगै महत्वाकाक्षा पनि बढाएको छ । तर, आफ्नो अवस्था र परिवारको दृष्टिकोण बुझेर अघि बढ्न नसक्दा गन्तव्य अल्मलिरहेको पाउँछौं ।

    लक्ष्य चुम्न सक्दैनौं । कतिपय यस्ता प्रेरक सुत्रले तपाई हाम्रो लक्ष्यलाई साथ दिन सक्छ । पढौं एक पटक :

    १. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

    २. डरलाई सधैंभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने
    भावनालाई आजैदेखि टाढा राख्नुहोस् ।

    ३. प्रयत्न गर्नुस् ।  एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

    ४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

    ५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

    news.JPG

    ६. सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

    ७. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैंभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

    ८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकी छ भन्दा पनि कति बाटो हिडिसकेँ भनेर सधैंभरि ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

    ९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधैं सहि ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

    १०. सधैंभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । सफलता तपाईको मुठ्ठीमा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार