images
images

नेपालभार फास्ट चार्जिङ नेटवर्क विस्तार गर्दै बिवाइडी, पहिलो चरणमा जोडियो ११ वटा डिसी चार्जर

नेपालभार फास्ट चार्जिङ नेटवर्क विस्तार गर्दै बिवाइडी, पहिलो चरणमा जोडियो ११ वटा डिसी चार्जर

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • images
    images
    नेपालभार फास्ट चार्जिङ नेटवर्क विस्तार गर्दै बिवाइडी, पहिलो चरणमा जोडियो ११ वटा डिसी चार्जर

    काठमाडौँ / नेपाली बजारमा बिवाइडी अटोको लागि आधिकारिक वितरक साइमेक्स इंकले फास्ट चार्जिङ नेटवर्क विस्तार गर्दैछ। कम्पनीले पहिलो चरणमा नेपालको विभिन्न ११ सहरहरूमा डिसी फास्ट चार्जर जोडेको छ।

    images
    images

    कम्पनीले हाल पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, विर्तामोड, नक्साल र गुहेश्वरीमा डिसी फास्ट चार्जर जोडेको हो। यीमध्ये १० स्थानमा रहेका चार्जर ३० किलोवाट क्षमताको छ भने मुलकोटमा रहेको चार्जर ६० किलोवाट क्षमताको छ।

    कम्पनीले नेपाली बजारमा विद्युतीय गाडी भित्र्याएदेखि नै चार्जिङ स्टेसन विस्तारमा पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। कुन-कुन ठाउँमा चार्जिङ स्टेसन छ भन्ने जानकारी कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिन्छ। 

    कम्पनीका अनुसार सन् २०२३ को डिसेम्बर अन्तिमसम्ममा थप १८ स्थानमा डिसी चार्जर जोडिने छ। 

    हाल कम्पनीले बिक्री गर्दै आएको बिवाइडी अट्टोले राम्रो बजार पाएको छ। यो विद्युतीय गाडीले ८८ किलोवाटको डिसी चार्जर समर्थन गर्छ।

    त्यस्तै बिवाइडी डल्फिनलाई भने ६० किलोवाटको चार्जरमा चार्ज गर्न सकिन्छ। बिवाइडीका गाडीहरूलाई ८० प्रतिशतसम्म चार्ज हुन भने जम्मा ३० देखि ३५ मिनेट मात्रै लाग्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार