images
images

एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने

एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने

    काठमाडौँ / एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको हो। 

    images
    images

    मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगित भएको थियो । 

    सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दै खरिद बिक्रीको मान्यता नदिन माग गर्दै रिट निवेदन पेश गरेका थिए । 

    सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार