images
images

दुई देशीय पर्यटन प्रवर्द्धनमा रुप्से होलिडेज्को आक्रमण रणनीति

दुई देशीय पर्यटन प्रवर्द्धनमा रुप्से होलिडेज्को आक्रमण रणनीति

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • images
    images
    दुई देशीय पर्यटन प्रवर्द्धनमा रुप्से होलिडेज्को आक्रमण रणनीति

    रुप्से होलिडेज्ले पछिल्ला दिनहरूमा दुई देशीय पर्यटन प्रबर्द्धनमा निक्कै आक्रमक रणनीति लिएको छ । रुप्सेले विश्वका विभिन्न पर्यटकिय केन्द्रलाई नेपालसँग सोझो चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको हो । 

    images
    images

    राज्यले पर्यटन देशको अर्थतन्त्रको आधारभूत जग हो भनेर भनिरहँदा ठोस प्रतिफल ननिक्लेर निराश बनेका पर्यटन व्यवसायीका लागि यो एक बलियो उदाहरण बन्दै गएको रुप्सेले दावी गरेको छ । 

    भियतनाम र काठमाडौबिच सफलता पूर्वक तिन चार्टर्ड उडान गरेको रुप्सेले ती उडानमार्फत भियतनामी पर्यटक नेपाल ल्याउन सफल भएको थियो । यहि सफलताबाट हौसिएको रुप्सेले इतिहासमै पहिलो पटक काठमाडौँलाई थाईल्याण्डको पर्यटकिय केन्द्र फुकेट सँग सोझो उडानमा जोड्ने भएको हो ।

    रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेस पराजुली भन्छन्, “यो इतिहासमै पहिलो पल्ट भईरहेको छ, हामीले काठमाडौंबाट सोझो ननस्टप उडान भरेर फुकेट अवतरण गर्नेछौँ । यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पुर्याउँछौँ अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौँ ल्याउने छौँ। थाईल्याण्डको समून्द्रि तटमा रमाईरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याईनेछ ।”
    उनले थपे, “एशियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटकमा बर्सेनी करोडौं पर्यटक आउँछन् जसको एक प्रतिशत भन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धि हुनेछ । जुन कुरा संभव छ भनेर यो चार्टरर्ड उडानबाट प्रमाणित गर्नेछौँ।”

    रुप्से होलिडेज्ले यो उडानले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्ने दावी गरेको छ । जम्मा ३५ हजार नेपाली रुपैयाँ एकतर्फी भाडादर तोकेर गरिने यो उडानमा हिमालय एअरलाइन्सको एअरबस ए३२० प्रयोग गरिनेछ । 

    जनवरी २१, २०२४ मा गरिने यो पहिलो उडानबाट काठमाडौँलाई विश्वकै सर्बाधिक रुचाईएको पर्यटकीय गन्तब्य फुकेटसँग जम्मा ३ घण्टा १० मिनेटको उडानमा जोडिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार