images
images

सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

    डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख ४ हजार ९९८ पर्यटकहरू श्रीलङ्का प्रवेश गरेका छन् । 

    images
    images

    प्रतिवेदन अनुसार डिसेम्बर १ देखि डिसेम्बर २१ सम्म मात्रै श्रीलङ्कामा १ लाख २८ हजार ४७ पर्यटक आएका थिए । भारत, रुस, बेलायत, जर्मनी, अष्ट्रेलिया र चीनबाट अत्यधिक पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् ।

    पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने मध्येको एक प्रमुख माध्यम हो। 

    सरकारले आगामी मौसममा पर्यटन प्रवर्धन गर्न चीन, भारत, इन्डोनेसिया, रुस, थाइल्याण्ड, मलेसिया र जापानका नागरिकको भिसा शुल्क मिनाहा गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार