images
images

प्राइम कमर्सियल बैंकको बार्षिक साधारण सभा पुस २९ गते, शेयरधनीहरूलाई लाभांश नदिने

प्राइम कमर्सियल बैंकको बार्षिक साधारण सभा पुस २९ गते, शेयरधनीहरूलाई लाभांश नदिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    प्राइम कमर्सियल बैंकको बार्षिक साधारण सभा पुस २९ गते, शेयरधनीहरूलाई लाभांश नदिने

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

    images
    images

    बैंकको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग क्याटर्स, कालिकास्थान, काठमाडौँमा सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ । 

    यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । 

    कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत भने गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख छ । 

    यी प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तिको विषय पनि टुङ्ग्याउने छ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार