images
images

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई विभिन्न कम्पनीका सेवाहरूमा विशेष छुट, कुनमा कति ?

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई विभिन्न कम्पनीका सेवाहरूमा विशेष छुट, कुनमा कति ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई विभिन्न कम्पनीका सेवाहरूमा विशेष छुट, कुनमा कति ?

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । 

    images
    images

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट दिने उद्देश्यले यस्तो सम्झौता गरेको हो । 

    सम्झौता पश्चात महालक्ष्मी विकास बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कले मकवानपुर जिल्लाको हेटौँडा–४ स्थित भुङ्ग्रो थकालीसँग फुड र वेभरेजमा १० प्रतिशत छुट दिने गरी, न्यूरोड काठमाडौँ–२२ को एन्जेल ज्वेलर्ससँग गोल्ड मेकिङ चार्जमा ४० प्रतिशत छुट दिने गरी र भैरहवाको सिद्धार्थनगर–१२ स्थित गाउँले चुलो भैरहवा प्रा.लि.मा फुड एण्ड स्न्याक्समा १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको छ । 
    यसैगरी काठमाडौँ, महाराजगन्जस्थित एगिलुस डाइग्नोस्टक नेपालको ल्याब टेस्टमा १५ प्रतिशत, काठामाडौँको सुन्धारा–३ स्थित एक्सप्रेस म्याग्दी होटलमा, सबै बालबालिकाहरूको लागि हस्पिटालिटी सर्भिसमा १० प्रतिशतसम्म छुट, मकवानपुरको हेटौडा–४ स्थित पल्पासा प्याराडाइज होम र क्विक २० हाउस होटलमा फुड एण्ड वेभरेज सर्भिसमा १० प्रतिशत र रुममा १५ प्रतिशत र हिमालयन स्वीट बेकरी, हेटौँडा–४ मकवानपुरमा बेकरी, स्वीट एण्ड रेस्टुरेन्टको अन्य आइटममा आकर्षक छुट पाइने बैङ्कले जनाएको छ । 

    उक्त सहकार्यबाट बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार