images
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • images
    images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकले आज (पुस १६ गते)देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । 

    images
    images

    यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

    त्यस्तै बैंकले अर्को एक सूचना जारी गर्दै बोलकबोलमा आवेदन नपरेको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । 

    सेयरको बिक्री मूल्य र कित्ताका बारेमा कम्पनी सचिवको कार्यालयबाट जानकारी लिन सकिने बैंकले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार