images
images

देशकै अब्बल बैङ्क बन्दै ग्लोबल आइएमई, यस्तो छ बैङ्कको वर्तमान र इतिहास

देशकै अब्बल बैङ्क बन्दै ग्लोबल आइएमई, यस्तो छ बैङ्कको वर्तमान र इतिहास

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • images
    images
    देशकै अब्बल बैङ्क बन्दै ग्लोबल आइएमई, यस्तो छ बैङ्कको वर्तमान र इतिहास

    काठमाडौँ / स्थापनाको छोटो समयमै ग्लोबल आईएमई बैङ्कले फड्को मारेर अहिले ‘नम्बर वान बैङ्क’ बनेको छ । पछिल्लो पटक गत वर्ष बैङ्क अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा सबैभन्दा ठूलो बैङ्क बन्न पुगेको हो ।

    images
    images

    पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको छ । जसको अध्यक्ष छन्– आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल ! 

    उनकै नेतृत्वमा २१ वटा बैङ्क तथा वित्तीय संस्थाको मर्जर सफल व्यवस्थापन हुँदै नेपालकै सबैभन्दा ठूलो ग्लोबल आईएमई बैङ्क बनेको छ । सञ्चालनमा आएको १७ औं वर्षमा प्रवेश गर्दै गर्दा आईएमई समूहले स्थापना गरेको ग्लोबल आईएमई बैङ्क बैकिङ्ग सेवा तथा पूँजीको हिसाबले नेपालको नम्बर १ बैङ्क बनेको हो ।

    बैङ्कले मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा र्पुयाउने गरी अघि बढिरहेको ग्लोबल आईएमई बैङ्कले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएर काम गरिरहेको बताएको छ ।

    इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैङ्क

    ग्लोबल आईएमई बैङ्कले नेपालको बैकिङ्ग इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैङ्क बनेर गत वर्ष इतिहास रचेको छ । बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी सरकारबाट सबैभन्दा बढि कर दाखिला गर्नेमा सम्मानित भईसकेको छ । ग्लोबल आइएमई बैङ्क कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैङ्क बनेको छ ।

    ग्लोबल आईएमई बैङ्कले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैङ्कको रुपमा स्थापित गरिसकेको छ । हाल बैङ्कको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ  । बैङ्कले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    हाल बैङ्कले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्कका रुपमा ३५१ शाखा, तीन सय ७६ एटीएम, ३२२ शाखारहीत बैकिङ्ग इकाइ, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यू दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैकिङ्ग सेवा दिइरहेको छ  ।

    यस्तो छ बैङ्कको वित्तीय स्थिति

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैङ्कको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैङ्कको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैङ्कको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धी भएको छ । साथै, सम्पूर्ण नागरिकलाई बैकिङ्ग पँहुच पुर्याउन ग्लोबल आइएमई बैङ्कले उक हजार एक सयभन्दा बढि देश तथा विदेशको सेवा केन्द्रहरुबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैङ्कले खुद ब्याज आम्दानी तीन अर्ब २० करोड रुपैयाँ गरेको थियो । यस अवधिमा बैङ्कको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैङ्कले ३ अर्ब १४ करोड संचालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ ।

    असोज मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । कुल ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आईएमईको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैङ्कको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

    बैङ्कको मर्जर यात्रा 

    बैङ्कको उदय कसरी भयो भनेर हेर्न सन् २००१ तिर फर्कनुपर्ने हुन्छ । २००१ तिर नेपालबाट वैदेशिक रोजगारीको लागि धेरै नेपाली मेलेसिया गएका थिए । मेलेसियामा बैकिङ्ग सेवा भएपनि त्यतिबेला नेपाल पैसा पठाउने संयन्त्र सहज नभएको र ग्रामीण क्षेत्रबाट बैकिङ्गबारे सामान्य जानकारी समेत नभएका नेपालीको लागि पैसा पठाउन धेरै सकस थियो ।

    बैङ्क ठूलो हुँदा गुणस्तरीय सेवाको लागि पनि राम्रो हुन्छ भनेर क्रमशः मर्जर हुँदै जाँदा अहिले ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनानस सहित २१ वटा बैङ्क तथा वित्तीय संस्थााको एकीकृत बैंकको रुपमा ग्लोबल आईएमई रहेको छ।’

    ग्लोबल बैङ्कको स्थापनासँगै नेपालमा बैङ्कहरुको स्थापनाको लहर नै चलेको थियो । २१ वटा बैङ्क तथा वित्तीय संस्थासँग गाभिएर बनेको यो अहिले सबैभन्दा ठूलो बैङ्क बनेको छ । यो बैङ्कको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । 

    २०६९ सालमा ग्लोबल बैङ्कमा आईएमई फाइनान्स मर्जर भएर बनेको ग्लोबल आईएमई बैङ्कलाई नेपाली बैंक तथा वित्तीय संसथामा मर्जरको उदाहरणको रुपमा लिइन्छ । बैङ्कले तत्कालीन आईएमई फाइनान्सिएल इन्स्ट्यिुटसँगै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो ।

    त्यसपछि यस बैङ्कले गाभ्ने क्रमले निरन्तरता पायो । उक्त समयपछि यस बैङ्कमा सोसल डेभलपमेन्ट बैङ्क र गुल्मी विकास बैङ्क पनि गाभिए । त्यसपछि अर्को वाणिज्य बैङ्क कमर्स एन्ड ट्रस्ट बैङ्कलाई गाभेको बैङ्कले सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैङ्क र रिलायबल विकास बैङ्कलाई मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैङ्कमा मर्ज भए । मर्ज भएको रिलायबल बैङ्कमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैङ्क लगायत तीन वटा विकास बैङ्क मर्ज भइसकेका थिए।

    त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आईएमई बैङ्कसँग गाभियो । वाणिज्य बैङ्कमा जनता बैङ्क ग्लोबल आईएमईमा मर्ज भयो । नेपालको बैकिङ्ग इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैङ्क र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

    राष्ट्र बैङ्कको पूँजीवृद्धि नीतिपछि ८ अर्ब रुपैयाँ पूँजी पुर्याइसकेका २ वटा वाणिज्य बैङ्क मर्जर भएकोले यसलाई ‘बिग मर्जर’को सुरुवताको रुपमा पनि लिने गरिन्छ । ८ अर्ब पूँजी पुगिसकेपछि पनि राष्ट्र बैङ्कको अपेक्षाअनुसार वाणिजय बैङ्कको संख्या घट्न नसकेपछि राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुबीच नै एक आपसमा मर्जरको लागि प्रोत्साहन गरेको थियो ।

    त्यसपछि बैङ्क अफ काठमाण्डूलाई गाभेर नेपालकै नम्बर वान बैङ्क बन्यो । बैङ्क अफ काठमाण्डु पनि साविकको बैङ्क अफ काठमाण्डु र लुम्बिनी बैङ्क गरी २ वटा वाणिज्य बैङ्क आपसमा गाभेर बनेको थियो । यी सबै गर्दा ५ वटा वाणिज्य बैङ्क मर्ज भएका छन् । मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैङ्कका रुपमा ग्लोबल आईएमई बैङ्क चिनिन थालेको हो । ग्लोबल आईएमई बैङ्कलाई मर्जर नीतिमा सफल र रोल मोडल बैङ्कको रुपमा मान्न सकिन्छ ।

    बैङ्कको १२ वर्षे लाभांश इतिहास

    चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैङ्कले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ। बैङ्कले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो ।

    सो वर्ष बैङ्कले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस सेयरमा जोड दिदै आएको बैङ्कले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा बैङ्कले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

    बैङ्कले हरेक आर्थिक वर्षमा सेयरधनीहरूलाई नगद लाभांश भन्दा बोनस सेयर धेरै दिँदै आएको छ । यस्तै, बैङ्कले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैङ्कले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

    त्यसैगरी आव २०६९/७० मा बैङ्कले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो भने आ.व. २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैङ्कले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

    बैङ्कले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस सेयरमात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैङ्कले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। आव २०७२/७३ मा बैङ्कले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो ।

    बैङ्कले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैङ्कले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश  वितरण गरेको थियो ।

    बैङ्कले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

    बैङ्कले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैङ्कले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

    त्यसैगरी बैङ्कले आव २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार