images
images

नेपालको पर्यटनले उचाई लिदै : वर्ष दिनमा १० लाख १४ हजार पर्यटक, कुन महिनामा कति ?

नेपालको पर्यटनले उचाई लिदै : वर्ष दिनमा १० लाख १४ हजार पर्यटक, कुन महिनामा कति ?

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    नेपालको पर्यटनले उचाई लिदै : वर्ष दिनमा १० लाख १४ हजार पर्यटक, कुन महिनामा कति ?

    काठमाडौँ / सन् २०१९ पछि कोभिड–१९ को कारण सुस्थ रहेको पर्यटन बजार कोरोना अघि कै लयमा फर्किएको छ । सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । 

    images
    images

    कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पछिल्लो समय उल्लेख्य मात्रामा बढ्न थालेका हुन् । सन् २०२३ भन्दा अघिल्ला तीन वर्ष पर्यटन आगमन त्यत्ति सुखद थिएन । 

    सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गर्दै सुरुवाती वर्षमा १० लाख पर्यटक भित्र्यााउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्य ३१ डिसेम्बर, २०२३ सम्ममा १० लाख १४ हजार ८७६ जना पर्यटक भित्रिएका छन् । 

    यो सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतको रिकभरी  हो । सन् २०१९ मा हालसम्मकै उच्च झन्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०२०, २०२१ र २०२२ मा यस्तो संख्या एकदम न्यून थियो । 

    विशेषगरि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पनि पर्यटन व्यवसाय सुस्ताएको थियो । २०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० समेत स्थगित गरिएको थियो । 

    कोरोना महामारीको समयमा अर्थात सन् २०२० पर्यटक आगमन ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । यस्तै, २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष १ लाख ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए । 

    तर, पछिल्लो समय कोरोनाको जोखिम कम भएसंगै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या पनि निरन्तर बढ्दै गइरहेको छ । यसरी कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ ।

    कुन महिनामा कति ? 

    1.JPG 

    भारतपछि अमेरिकाबाट भित्रिए धेरै पर्यटक

    विगतमा जस्तै सन् २०२३ मा पनि खुला सीमा रहेको छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपाल भित्रिएका १० लाख पर्यटकमा तीन लाख १३ हजार नौ सय एक पर्यटक भारतीय छन । सन्२०१९ मा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या २ लाख ५४ हजार थियो । 

    त्यस्तै, अमेरिकाबाट ९९ हजार तीन सय २६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा नेपाल भित्रिएका अमेरिकन पर्यटकको संख्या ९३ हजार थियो । यता, चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटक भित्रिए । कोभिडअघिसम्म भारतीयपछि सबैभन्दा चिनियाँ पर्यटक भित्रिन्थे । चीनले आफ्ना नागरिकलाई लामो समय भ्रमणमा निस्कन कडाइ गरेपछि नेपाल भित्रिने चिनियाँ घटेका हन् । 

    यी हुन् सबैभन्दा धेरै पर्यटक आएका १० देश 

    2.JPG

    कुन देशबाट कति आए ? 

    सन् २०२३ मा संयुक्त अधिराज्य (युके)बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बंगलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, साउथ कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । पछिल्लो समय बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटक आउन थालेका छन् । भदौ पहिलो साता एकैपटक सात सय बंगलादेशी पर्यटक जहाज चार्टर्ड गरेर नेपाल घुम्न आएका थिए ।

    3.JPG

    ९ बर्षमा ६६ लाख पर्यटक नेपालमा

    पछिल्लो ९ वर्ष अर्थात २०१४ देखि २०२२ सम्मको तथ्याङ्क हेर्ने हो भने विदेशी पर्यटकको नेपाल घुम्ने चाहनामा निकै उतारचढाव देखिएको छ । सन् २०१४ मा दक्षिण एसिया, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियासहितका मूलुकबाट ७ लाख ९० हजार ११८ विदेशी पर्यटक नेपाल आएका थिए । 

    यस्तै, सन् २०२२ मा भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र बंगलादेशसहितका मूलुकबाट ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल आएका थिए । यसरी पर्यटक आगमनको ९ बर्षे तथ्याङ्क हेर्ने हो भने ९ बर्षमा ६६ लाख १७ हजार ८५१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

    Japan earthqueak (3).jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार