images
images

गण्डकी प्रदेश सरकारको वित्त स्थिति : गत वर्षमा करिब ६५ प्रतिशत बजेट खर्च, कुन शिर्षकमा कति ?

गण्डकी प्रदेश सरकारको वित्त स्थिति : गत वर्षमा करिब ६५ प्रतिशत बजेट खर्च, कुन शिर्षकमा कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • गण्डकी प्रदेश सरकारको वित्त स्थिति : गत वर्षमा करिब ६५ प्रतिशत बजेट खर्च, कुन शिर्षकमा कति ?

    काठमाडौँ / गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक लक्ष्यको करिब ६५.७६ प्रतिशत बजेट खर्च गरेको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक गतिविधि प्रतिवेदनअनुसार गण्डकी प्रदेश सरकारले कुल ३५ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म विनियोजनको ६५.७६ प्रतिशत अर्थात २३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको हो । 

    अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा विनियोजित बजेटको ७३.५ प्रतिशत खर्च भएको थियो । आर्थिक वर्ष २०७९/८० मा चालु खर्चतर्फ विनियोजन भएको १३ अर्ब २७ करोड रुपैयाँ मध्ये ६२.९६ प्रतिशत (८ अर्ब ३५ करोड रुपैयाँ) खर्च भएको छ । 

    गण्डकी प्रदेश सरकारको वित्त स्थिति2.JPGअघिल्लो आर्थिक वर्ष चालु खर्च शिर्षकमा विनियोजनको ५८.३१ प्रतिशत खर्च भएको थियो । त्यसैगरी, पुँजीगत खर्चतर्फ विनियोजित रु.२२ अर्ब १४ करोड मध्ये २०८० असारसम्म ६८.९३ प्रतिशत (१५ अर्ब २६ करोड रुपैयाँ) खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा कुल राजश्व रु.१० अर्ब ८३ करोड परिचालन गरको छ ।

    समीक्षा वर्षमा प्रदेश सरकारले संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष र समपुरक गरी कुल १४ अर्ब ७२ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा २०८० असार मसान्तसम्म कुल १२ अर्ब ९३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ । यसमध्ये, समानीकरण अनुदान ६ अर्ब ९४ करोड रुपैयाँ र सशर्त अनुदान ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यसैगरी प्रदेशले संघबाट विशेष र समपुरक अनुदानको रुपमा क्रमशः ४३ करोड रुपैयाँ र ६० करोड रुपैयाँ प्राप्त गरेको छ । 

    गण्डकी प्रदेश सरकारको बजेट विनियोजनको स्थिति (रु. करोडमा) 1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार