images
images

कर्णाली प्रदेशको ५२ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिंचाई सुविधा

कर्णाली प्रदेशको ५२ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिंचाई सुविधा

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • कर्णाली प्रदेशको ५२ हजार हेक्टर क्षेत्रफलमा पुग्यो सिंचाई सुविधा

    काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशको ५२ हजार भन्दा बढि हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ ।  

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक गतिविधि प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशमा रहेको कुल कृषि बालीले ढाकेको क्षेत्रफल ३ लाख २० हजार ७१६ हेक्टरमध्ये ५२ हजार ४०२ हेक्टर क्षेत्रफलमा मात्र सिँचाई सुविधा पुगेको देखाएको हो । यो गत वर्षको तुलनामा सिञ्चित क्षेत्रफल ३.०४ प्रतिशतले कम हो । 

    समीक्षा वर्षमा कुलोद्वारा सिञ्चित क्षेत्रफल सबैभन्दा बढी २४ हजार ४२१ हेक्टर रहेको छ भने सबैभन्दा कम २ हेक्टर क्षेत्रफल बोरिङ्गद्वारा सिञ्चित रहेको छ । समीक्षा वर्षमा कुलोद्वारा सिञ्चित क्षेत्रफल २.८९ प्रतिशतले बढेको छ । गत वर्षमा यस्तो क्षेत्रफल २.७४ प्रतिशतले बढेको थियो ।

    त्यसैगरी, नहरद्वारा सिञ्चित क्षेत्रफल समीक्षा वर्षमा करिव ३.०५ प्रतिशतले घटेर ९ हजार ४९१ हेक्टर कायम भएको छ । समीक्षा वर्षमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सबैभन्दा बढी ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिन रहेको छ भने उक्त खेतियोग्य जमिनको २० हजार ५३ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको देखिन्छ ।

    कर्णाली प्रदेशमा सिंचाईको अवस्था1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार