images
images

सुदूरपश्चिम प्रदेशमा जलविद्युत : क्षमता १८ हजार १४९ मेगावाट, उत्पादन कति ?

सुदूरपश्चिम प्रदेशमा जलविद्युत : क्षमता १८ हजार १४९ मेगावाट, उत्पादन कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • सुदूरपश्चिम प्रदेशमा जलविद्युत : क्षमता १८ हजार १४९ मेगावाट, उत्पादन कति ?

    काठमाडौँ / सुदूरपश्चिम प्रदेशमा जलविद्युतको उत्पादन क्षमता मुलुकको अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९÷८० को प्रदेशस्तरीय आर्थिक गतिविधि प्रतिवेदनअनुसार मुलुकभरिको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिममा रहेको जनाएको हो । 

    सुदूरपश्चिम प्रदेशमा जलविद्युतको उत्पादन क्षमता १८ हजार १ सय ४९ मेगावाट रहेको छ । यो मुलुकभरिको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिममा मात्रै छ । त्यसैले सुदूरपश्चिम प्रदेशलाई जलविद्युतको अथाह सम्भावना भएको प्रदेश मानिन्छ । यस प्रदेशमा रहेका महाकाली, सेती, चमेलिया, बुढीगंगा, कालंगा लगायतका नदीहरुबाट प्रशस्त मात्रामा जलविद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।

    चमेलिया जलविद्युत आयोजनाको ३० मेगावाट, माथिल्लो अपि जलविद्युत आयोजनाको ८ मेगावाट र तल्लो अपि जलविद्युत आयोजनाको ८ मेगावाट, मकरीगाड जलविद्युत आयोजनाको १० मेगावाट र कालंगा बेसिन अन्तर्गत निर्माण भएको अपर कालंगा जल विद्युत आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगा जलविद्युत आयोजनाको १५.३३ मेगावाट समेत गरी ११० मेगावाट विद्युत १३२ केभी प्रसारण लाईनमा यसअघि नै जोडिएको छ ।

    नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड अनुसार कालंगा बेसिन अन्तर्गत निर्मित सानिगाड जलविद्युत आयोजनाको १०.७ मेगावाट र अपर चमेलिया जलविद्युत आयोजनाको ४० मेगावाट विद्युत, १३२ केभी प्रसारण लाईनमा
    जोडिए पश्चात १३२ के.भी प्रसारण लाईनमा सुदूरपश्चिम प्रदेशबाट १६० मेगावाट विद्युत जोडिने देखिन्छ ।

    सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रको लगानीबाट निर्माण भइरहेको कालंगा हाइड्रो लिमिटेडले एउटै बेसनमा ६४.४९ मेगावाट विद्युत उत्पादन गरेको छ। निजी क्षेत्रका तर्फबाट एउटै कम्पनीले उत्पादन गरेको यही नै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।

    अत्तरिया ग्रिडका अनुसार ८ मेगावाटभन्दा साना थुप्रै आयोजनाहरु निर्माण सम्पन्न भइसकेको र कतिपय निर्माणको अन्तिम चरणमा रहेका छन्। यस प्रदेशमा साना जलविद्युत आयोजनाहरुमा डोटीको बीपीनगरमा ३.५ मेगावाट, बझाङमा १ मेगावाटको एउटा आयोजना सञ्चालनमा आईसकेको छ भने डोटी जिल्लामा १.५ मेगावाटको एउटा आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ।

    यसैगरी १६० भन्दा बढी मेगावाटका आयोजनाको निर्माण पुरा भएपनि हिँउदमा नदीको पानीको सतह घट्दा उत्पादन समेत घट्ने गरेको छ। विद्युत उत्पादन पानीको सतहमा निर्भर हुने भएकोलेकतिपय आयोजनाको विद्युत उत्पादन ५० प्रतिशतभन्दा कम हुने गरेको छ भने बर्षायाममा क्षमताअनुसार सतप्रतिशत विद्युत उत्पादन हुने गरेको छ।

    सुदूरपश्चिमका ठूला आयोजनाहरु पञ्चेश्वर, पश्चिम सेती जस्ता परियोजनाहरुको निर्माणमा भइरहेको ढिलाइले सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादन न्यून भएको हो। यी आयोजनाहरु बन्न सकेमा समग्र सुदूरपश्चिम प्रदेश लगायत मुलुकभर पर्याप्त मात्रामा विद्युत आपूर्ति हुनुका साथै छिमेकी राष्ट्रहरुमा विद्युत निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न घद्ध सकिने प्रबल सम्भावनासमेत रहेको छ।

    अतः प्रतिवेदनको अनुसार आन्तरिक पर्यटन, सिँचाइ, स्वास्थ्य, रोजगार तथा पूर्वाधारलगायतमा उल्लेख्य सुधार भई यस क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने देखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार