images
images

राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित

राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित


    काठमाडौँ / निर्वाचन आयोगले सात वटै प्रदेशबाट नामावली प्रकाशित भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको जानकारी दिएका हुन् । 

    images
    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ ।

    मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ ।

    त्यस्तै, वाग्मती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् भने मतभार १० हजार ३३३ छ ।

    गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन् । यहाँ कुल मतभार ६ हजार ४१० कायम भएको छ ।

    लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन् ।

     मतभार ८ हजार ७५३ कायम भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन् । यहाँ मतभार ५०८४ छ ।

    त्यस्तै, सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन् । यहाँ ६ हजार १०० मतभार कायम भएको छ ।

    प्रवक्ता पौडेलका अनुसार यसपटक प्रदेश सभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ ।

    प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार