images
images

कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८ प्रतिशतले बढ्यो

कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८ प्रतिशतले बढ्यो

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८ प्रतिशतले बढ्यो

    काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो ।

    images
    images

    प्रतिवेदनमा बचत तथा ऋण सहकारी संस्थाहरुको पुँजी, बचत, ऋण, सदस्य संख्या र ती संस्थाबाट सिर्जित रोजगारी संख्याको अवस्था विश्लेषण गर्न सुर्खेतबाट ३, रुकुम पश्चिमबाट ३, दैलेखबाट २, जुम्ला र कालिकोटबाट १/१ गरी जम्मा १० वटा सहकारी संस्थाहरुको नमुना छनौट गरी सोही नमुनाका आधारमा यस प्रदेशको समग्र सहकारी क्षेत्रको विश्लेषणात्मक अध्ययन प्रस्तुत गरेको हो । 

    समीक्षा वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८.५४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ८६.५४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा सहकारी संस्थाहरुको कुल बचत १३.७६ प्रतिशतले बृद्धि भएकोमा आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा ५.५९ प्रतिशतले वृद्धि भई २ अर्व ७१ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

    बचत तथा ऋण सहकारी संस्थाको अवस्था (रु. दश लाख) 

    1.JPG

    समीक्षा वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाह २.१० प्रतिशतले ह्रास आई ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष त्यस्तो ऋण प्रवाह १७.५३ प्रतिशतले वृद्धि भएको थियो । 

    सहकारी संस्थामा आबद्ध सदस्य संख्यामा पनि समीक्षा वर्षमा वृद्धि भएको देखिन्छ । गत वर्ष ८.३३ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा वर्षमा ५.८८ प्रतिशतले वृद्धि भई ९५ हजार ६४४ पुगेको छ । समीक्षा वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा १.२४ प्रतिशतले ह्रास आई ३१९ कायम भएको छ । 

    त्यस्तै, गत वर्ष ५.० प्रतिशतले बढेको सहकारी संस्थाको शाखा संख्या समीक्षा वर्षमा ११.९० प्रतिशतले वृद्धि भई ४७ पुगेको छ । कर्णाली प्रदेशमा सहकारी संस्थाहरुले वाणिज्य बैँक, राष्ट्रिय सहकारी बैंक, थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरुबाट बाह्य ऋणको प्रयोग गर्ने गरेकोले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह भएको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार