images
images

महालक्ष्मी विकास बैङ्कद्वारा काठमाडौँको विभिन्न स्थानमा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैङ्कद्वारा काठमाडौँको विभिन्न स्थानमा सहयोग हस्तान्तरण

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कद्वारा काठमाडौँको विभिन्न स्थानमा सहयोग हस्तान्तरण

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

    images
    images

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैङ्कले काठमाडौँका विभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    बैङ्कको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु-याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा महर्जनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । 

    त्यसैगरी, बैङ्कको गोगंबु शाखाद्वारा काठमाडौँ महानगरपालिका वडा नं. २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्री खरिद गर्नका लागि बैङ्कले उक्त सहयोग गरेको हो । 

    गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमसँगसँगै बैङ्कको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।  

    श्रीकृष्ण मन्दिरमा नियमित रूपमा २ वटा हलमा भजन किर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैङ्कले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका थिए । 

    आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैङ्कले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार