images
images

लगातर घट्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

लगातर घट्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • images
    images
    लगातर घट्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / यस साता सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । नेपाल सुन–चाँदी महासंघको अनुसार साताको पहिलो कारोबारको दिन अर्थात आइतबार स्थिर रहि सोमबारबाट घटेको सुनको मूल्य आज बिहिबार पनि घटेको हो । 

    images
    images

    महासंघको अनुसार आज सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार हुनेछ । 

    अघिल्लो कारोबारको दिन अर्थात बधबारको दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी नेपाली बजारमा आइतबार पछि चाँदीको मूल्यमा पनि उत्तरचढाव आइरहेको छ । आइतबार एक हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार एक हजार ४१० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो कारोबारको दिन अर्थात बुधबारको तुलनामा भने चाँदी आज स्थिर रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार