images
images

माघका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कतिले घट्यो ?

माघका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कतिले घट्यो ?

लगातार घट्दो क्रममा रहेको अधिकांश वाणिज्य बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको हो ।

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • images
    images
    माघका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कतिले घट्यो ?

    काठमाडौँ / वाणिज्य बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन्। लगातार घट्दो क्रममा रहेको अधिकांश वाणिज्य बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको हो । 

    images
    images

    बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।

    जसअनुसार सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ ।  यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । 

    यस्तै, नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छ्रे बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ । 

    यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् । 

    यस्तै, २० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने पुसकै ब्याजदरलाई निरन्तर दिने भएका छन्। एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार