images
images

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशतले घट्यो, कुनको कति ?

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशतले घट्यो, कुनको कति ?

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएको हो ।

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशतले घट्यो, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशतले घटेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २० वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएको हो । 

    चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा ९.९५ प्रतिशतले कम हो । गत आर्थिक बर्षमा सम्पूर्ण वाणिज्य बैंकहरूको खुद नाफा ३१ अर्ब ९४ करोड ११ लाख २५ हजार रुपैयाँ रहेको थियो । 

    नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा

    २० बैंकमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक लिमिटेड अगाडि रहेको छ । यस बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब २० करोड ३० लाख ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ६.२८ प्रतिशतले कम हो । यस बैंकले गत वर्षको यसैअवधिमा ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    ४ बैंकहरुको मात्र नाफा बढ्यो

    दोस्रो त्रैमाससम्मको अवधीमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरू मध्ये ४ बैंकहरुले मात्र खुद नाफा बढाउन सफल भएका छन्। जसमा हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंक रहेका छन् ।समिक्षा अवधीसम्ममा हिमालयन बैंकले १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोहि अपधीको तुलनामा ५७.५३ प्रतिशतले धेरै हो । गत आर्थिक बर्षमा यस बैंकले ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    यस्तै, प्राइम कमर्सियल बैंकको खुद नाफा समीक्षा अवधिमा ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षमा बैंकको यस्तो नाफा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो । यता, एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत बर्षको सोहि अवधीको तसलनामा ७.८८ प्रतिशतले धेरै हो । गत बर्षको सोहि अवधीमा बैंकको यस्तो नाफा १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ रहेको थियो । यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

    नेपाल बैंकको नाफा सर्वाधिक घट्यो

    दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम नाफा भने नेपाल बैंक लिमिटेडको रहेको छ।समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।

    अन्य कुन बैंकको नाफा कति ? 

    असोज मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख२९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा २६.५७ प्रतिशतले कम हो । गत बर्षको सोहि अवधीमा यस बैंकको यस्तो नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको थियो । 

    यस्तै, प्रभु बैंकको नाफा पनि ३९.९७ प्रशितले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सिमित भएको छ भने, एनएमबि बैंकको नाफा २७.६२ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँमा सिमित भएको छ । 

    तथ्याङ्कमा हेरौं कुन बैंकको नाफा कति ?1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार