images
images

महालक्ष्मी विकास बैङ्कले ६ महिनामा कमायो २७ करोड नाफा, किन घट्यो प्रतिसेयर आम्दानी ?

महालक्ष्मी विकास बैङ्कले ६ महिनामा कमायो २७ करोड नाफा, किन घट्यो प्रतिसेयर आम्दानी ?

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कले ६ महिनामा कमायो २७ करोड नाफा, किन घट्यो प्रतिसेयर आम्दानी ?

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले चालू आर्थिक बर्ष २०८०÷८१ को पुस मसान्तसम्म २७ करोड ८० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कले समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा १२.०३ प्रतिशत कम नाफा कमाएको हो ।

    images
    images

    गत आवको दोस्रो त्रैमासमा महालक्ष्मी विकास बैङ्कको यस्तो नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ रहेको थियो । खराब कर्जा र इम्पेरिमेन्ट चार्ज घटेको भए पनि खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेसँगै बैङ्कको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ करोड ८० लाख रुपैयाँले घटेको हो । 

    बैङ्कको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत र कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशतले बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख ६१ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ८९ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । 

    यसैगरी खुद फि तथा कमिशन आम्दानी भने ३३.९३ प्रतिशतले बढेर ७ करोड २२ लाख ६४ हजार रुपैयाँबाट ९ करोड ६७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी १ अर्ब १४ करोड ४० लाख ९३ हजार रुपैयाँबाट घटेर १ अर्ब २ करोड १५ लाख २२ हजार रुपैयाँ कायम भएको छ । 

    त्यसैगरी सञ्चालन मुनाफा पनि १२.८३ प्रतिशतले घटेको छ । गत बर्षको दोस्रो त्रैमासमा ४५ करोड ३९ लाख ६५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको बैङ्कले समीक्षा अवधिमा यस्तो रकम ३९ करोड ५७ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ ।

    पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा २७ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १५.४२ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैङ्कको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेकोमा समीक्षा अवधिमा सो रकम घटेर १३ रुपैयाँ ३३ पैसामा झरेको हो । 

    बैङ्कले इम्पेरिमेन्ट चार्ज भने घटाएर ९ करोड ३६ लाख रुपैयाँ कायम गरेको छ । गत आवको सोही अवधिमा भने यस्तो रकम १९ करोड ३८ लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा बैङ्कको खराब कर्जा भने ७.८८ प्रतिशतले घटेको देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ४.५७ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा सामान्य घटेर ४.२१ प्रतिशतमा झरेको हो । 
    हाल बैङ्कको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ । 

    पुस मसान्तसम्म महालक्ष्मी विकास बैङ्कले ५३ अर्ब ४ करोड ३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४० अर्ब ५० करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २५.५८ गुणा, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०४ पैसा, बेस रेट १०.७१ र कस्ट अफ फण्ड ८.३३ प्रतिशत र सिडी रेसियो ८३.३३ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार