images
Logo
images
images
images

माछापुच्छ्रे बैङ्क र सेन्ट जेभिर्यस कलेजबिच विद्यार्थीको क्षमता अभिबृद्धिका लागि साझेदारी

माछापुच्छ्रे बैङ्क र सेन्ट जेभिर्यस कलेजबिच विद्यार्थीको क्षमता अभिबृद्धिका लागि साझेदारी

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    माछापुच्छ्रे बैङ्क र सेन्ट जेभिर्यस कलेजबिच विद्यार्थीको क्षमता अभिबृद्धिका लागि साझेदारी

    काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैङ्किङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता अभिबृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारी अन्तर्गत बैङ्कले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो । 

    images
    images

    एसएक्ससी स्यान्डबक्स एक आइटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा  प्रविधि सम्बन्धी  कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ । 

    डिजिटल बैङ्किङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैङ्कले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ । 

    जसले गर्दा बैङ्कले आइटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरूलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैङ्क र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार