images
images

अचानक बिरामी परेका सांसद नेम्बाङलाई उपचारका लागि काठमाडौँ ल्याइयो

अचानक बिरामी परेका सांसद नेम्बाङलाई उपचारका लागि काठमाडौँ ल्याइयो

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • images
    images
    अचानक बिरामी परेका सांसद नेम्बाङलाई उपचारका लागि काठमाडौँ ल्याइयो

    फुङलिङ (ताप्लेजुङ) / प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका हुन् । 

    images
    images

    सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। जिल्ला अस्पतालले उनलाई उपचारका लागि  सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् ।

    उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । 

    जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएको अध्यक्ष थेबेले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार