images
images

सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    images
    सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

    images
    images

    कम्पनीको २१६ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।

    प्रस्तावअनुसार २०८० असार मसान्तमा कायम ९१ करोड ७ लाख ८२ हजार रुपैयाँको १४ प्रतिशतका दरले हुने १२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबरको बोनस सेयर दिने छ । 

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ ।

    यो कम्पनी २०७८ सालको चैतमा दुईवटा लघुवित्त मर्जर भएर बनेको थियो । सोहीकारण, मर्ज भएको दुई आर्थिक वर्षसम्ममा लाभांश वितरण गर्न नपर्ने भएकाले कर प्रयोजनका लागि नगद नछुट्याएको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार