images
images

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तर्क्रिया, वित्तीय क्षेत्रका चुनौति र समस्या समाधानबारे छलफल

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तर्क्रिया, वित्तीय क्षेत्रका चुनौति र समस्या समाधानबारे छलफल

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    images
    समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तर्क्रिया, वित्तीय क्षेत्रका चुनौति र समस्या समाधानबारे छलफल

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो । 

    images
    images

    व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू र बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुनसक्ने सेवा सुविधा तथा वित्तीय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्बन्धी अन्तर्क्रिया गर्दै व्यवसायीहरूसँँग अझ प्रगाढ सम्वन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो ।

    खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीहरूले आफ्नो सहभागिता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्दति खाता, कर्जा वितरण तथा विद्युतीय बैङ्किग सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय क्षेत्रमा आएका चुनौति, समस्या र समाधानका विषयमा छलफल भएको हो । साथै, उक्त व्यवसायीहरूले व्यवसाय प्रवर्द्धनका लागि फाइनान्सको मुख्य भुमिका रहने बताए ।

    समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ्ग र मोवाइल बैङ्किङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरूसमेत प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार