images
images

पसल बन्द गरेर घर फर्किएका सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, महासङ्घद्वारा विरोध

पसल बन्द गरेर घर फर्किएका सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, महासङ्घद्वारा विरोध

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    images
    पसल बन्द गरेर घर फर्किएका सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, महासङ्घद्वारा विरोध

    शनिबार पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड नं ४ बस्ने ६५ वर्षिय सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका वार्ड नं १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको हो।

    images
    images

    सोही घट्नालाई लिएर नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । महासंघले यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीलाई डर र त्रासको वातावरण बनाएको बताउँदै ब्यवसाय नै कसरी सञ्चालन गर्ने भन्ने प्रश्न उत्पन्न गराएको उल्लेख गरेको हो। 

    व्यवसायी बिश्वकर्मालाई घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड नं १६ स्थित केराबारी गाउँको नजिक चोरघोलामा अज्ञात ब्यक्तिले गोली प्रहार गरी गम्भिर रुपमा घाइते बनाएको र धनमाल समेत लुटेर लगेका थिए ।

    यसैगरी, शुक्रबार पनि अर्का सुनचाँदी व्यवसायीमाथि भएको लुटपाटको महासंघले विरोध गरेको छ । महालक्ष्मी गहना पसल इटहरी–९ दिपेन्द्र चोकमा माघ १९ गते, बिहान ११.१७ बजे रातो मोटरसाइकलमा आएका ब्यक्तिले ग्राहकजस्तो बनी चोरी गरेका छन् । पसलमा आएर सिक्री देखाउन लगाउँदै २ थान (२ तोला १२ आना) सुनको सिक्री हातमा लिई लगाउन लागे जस्तो गर्दै ती व्यक्ति फरार भएका थिए ।

    “सुनचाँदी ब्यवसायी माथि भएको गोली प्रहार र लुटपाटका यस्ता घटना प्रति यस नेपाल सुनचाँदी ब्यवसायी महासङ्घको गम्भिर ध्यानाकर्षण भएको छ । कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घले राज्य र सुरक्षा निकायले यसप्रति गम्भिरतापूर्वक ध्यान दिँदै सम्वन्धित अपराधीहरु यथाशिघ्र पक्राउ गरी सजाय दिन माग गरेको छ । 

    यसैगरी, यस्ता घटना पुनः दोहोरिन नदिई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत सरकार र सुरक्षा निकायसँग अपिल गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार