images
Logo
images
images
images

राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड बैङ्कहरूमा राख्ने, निक्षेप लिन चाहाने कम्पनीले सर्त पूरा गर्नुपर्ने

राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड बैङ्कहरूमा राख्ने, निक्षेप लिन चाहाने कम्पनीले सर्त पूरा गर्नुपर्ने

निक्षेप राख्न चाहाने बैङ्क तथा वित्तीय संस्थाले फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • images
    images
    राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड बैङ्कहरूमा राख्ने, निक्षेप लिन चाहाने कम्पनीले सर्त पूरा गर्नुपर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रकम विभिन्न बैङ्कमा निक्षेपको रूपमा राख्ने भएको छ । बैङ्कले एक सूचना जारी गर्दै कर्मचारी सुरक्षण कोषको २५ करोड रुपैयाँ योग्य बैङ्क तथा वित्तीय संस्थामा उक्त रकम एफडी (मुद्दती निक्षेप)मा राख्ने जानकारी दिएको हो । 

    images
    images

    २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम निक्षेपको रूपमा राख्ने जानकारी दिँदै राष्ट्र बैङ्कले इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूलाई उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त पेस गर्न आह्वान गरेको छ । 

    सूचना अनुसार निक्षेप राख्न चाहाने बैङ्क तथा वित्तीय संस्थाले फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

    निक्षेप राख्नका लागि केन्द्रीय बैङ्कले कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैङ्कहरुरूका लागि, ३ करोड ७५ लाख रुपैयाँ विकास बैङ्कहरूका लागि र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । 

    साथै, निक्षेप लिन चाहने बैङ्क तथा वित्त कम्पनीहरूले तोकिएको सर्त भने पूरा गर्नुपर्नेछ ।

    राष्ट्र बैङ्कले राखेका सर्तहरू यस्ता छन्ः 

    बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको ।

    बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको ।

    निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको ।

    खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।

    कों/निक्षेप अनुपात (Credil Deposit Ratio - CD Ratio) अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।

    निकटतम अधिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको ।

    रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको ।

    लगानी गरिने सस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक या प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको ।

    यदि, कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पूरा भएको

    शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको ।

    सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।

    प्रस्ताब गरेको ब्याजदर माथि उल्लिखित लगानी गरिने मितिसम्म मान्य हुनेछ । त्यस बैंक/विकास बैंक/वित्तीय संस्थाको ब्याजदर परिबर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

    प्रस्ताव पेश गर्दा mail को subject मा "NRB Security Fund File_bankcode" भनी उल्लेख गर्नु पर्नेछ । साथै Password पठाउँदा mail को subject मा "NRB Security Fund
    Password bankcode" भनी उल्लेख गर्नु पर्नेछ ।

    प्रस्ताव पेश गर्दा अनिवार्य रुपमा Password Protected File हुनु पर्नेछ । Password नराखेको प्रस्तावलाई मान्यता दिइने छैन।

    रकम र ब्याजदर फरक पर्ने गरी प्रस्तावकले एक पटक भन्दा बढी प्रस्ताव गरेमा उक्त बैंक तथा वित्तीय संस्थाले पेश गरेको सबै प्रस्तावहरु रद्द गरिने छ। तर एउटै प्रस्ताव एक पटक भन्दा बढी प्राप्त भएमा उक्त प्रस्तावलाई मान्यता दिइने छ ।

    तोकिएको मिति र समय मित्र Password Protected File पेश गर्नु पर्नेछ। तोकिएको मिति र समय पश्चात् प्राप्त हुने प्रस्तावलाई मान्यता दिइने छैन ।

    तोकिएको मिति र समय भित्र उक्त File को Password पेश गर्नु पर्नेछ। तोकिएको मिति र समय अगाडि या पछाडि पेश गरेको Password लाई मान्यता दिइने छैन र उक्त प्रस्तावलाई रद्द गरिने छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार