images
images

एन आई सी एशिया लघुवित्तद्वारा विभिन्न स्थानमा वित्तिय साक्षरता  कार्यक्रम

एन आई सी एशिया लघुवित्तद्वारा विभिन्न स्थानमा वित्तिय साक्षरता  कार्यक्रम

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • images
    images
    एन आई सी एशिया लघुवित्तद्वारा विभिन्न स्थानमा वित्तिय साक्षरता  कार्यक्रम

    काठमाडौं/  एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरुमा  ( मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको छ भने, काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको छ । बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्घारा, बाँसगढी र सुलिचौर क्षेत्रमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 
    संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ । 

    हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधि, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरेको थियो । 

    सहभागीहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका थिए । 

    उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको दाबी संस्थाको छ । 

    कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब ३५० जना सहभागी थिए । 

    संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार