images
images

झ्यामोलोङ्गमा हाइड्रोपावार कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

झ्यामोलोङ्गमा हाइड्रोपावार कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • images
    images
    झ्यामोलोङ्गमा हाइड्रोपावार कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौँ / झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सोही कार्यको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

    images
    images

    कम्पनीले एक सय रुपैयाँ अकिंत दरको ५१ लाख कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न लागेको हो । 

    उक्त सेयर निष्काशनको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको उक्त हाइड्रोको जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । झ्यामोलोङ्गमा हाइड्रोपावरले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । 

    उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ । माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे।वा। क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार