images
images

सन् नलेज पार्टनरसिप कार्यक्रम अन्तर्गत युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबिच सम्झौता

सन् नलेज पार्टनरसिप कार्यक्रम अन्तर्गत युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबिच सम्झौता

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    सन् नलेज पार्टनरसिप कार्यक्रम अन्तर्गत युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबिच सम्झौता

    काठमाडौँ / सन् सेक्युरिटिज प्रा.लि.(ब्रोकर नं. ६४) र १०+२ का क्षेत्रमा चिरपरिचित युनिग्लोब सेकेण्डरी स्कुल कमलादी बीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ । आज (शुक्रबार) आयोजित एक कार्यक्रमकाबिच उक्त सम्झौता भएको हो । 

    images
    images

    सन् नलेज पार्टनरसिप कार्यक्रम अन्तर्गत भएको सो सम्झौतामा सन् सेक्युरिटिजले युनिग्लोब कलेज अन्तर्गत १०+२ मा अध्ययनरत विद्यार्थीहरूलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरूसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । 

    यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरूका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरू प्रदान गर्नेछ । 

    उक्त सम्झौता अन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरूलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरूलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । 

    साथै, कलेजसँगको समन्वयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरू समेत प्रदान गर्नेछ । सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गरेका थिए । सन् सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । 

    सम्झौता कार्यक्रममा बोल्दै सन् सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले सन् नलेज पार्टनरसिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरूलाई नेपालको शेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोसिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पुँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरू वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार