images
images

फागुनका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

फागुनका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • images
    images
    फागुनका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? (सूचीसहित)

    काठमाडौँ / फागुनका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । 

    images
    images

    बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको थियो । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । 

    कुन बैंकको ब्याजदर कति ?

    फागुन महिनाको लागि १६ बैंकहरूले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् भने बाँकी चार बैंकहरूले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यता, ४ वाणिज्य बैंकहरूले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । 

    फागुनमा ब्याजदर स्थिर राख्ने बैंकमा एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंक रहेका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत नै रहनेछ ।

    फागुन महिनामा सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि बैंक रहेको छ । एनएमबि बैंकको ब्याज ८.५० प्रतिशत रहेको छ । ८ प्रतिशत भन्दा बढी ब्याज हुने बैंकमा कुमारी, नेपाल एसबिआई, हिमालयन, एनएमबि र सिटिजन्स बैंक रहेका छन् ।

    ७ प्रतिशत भन्दा कम ब्याज दिनेमा ८ वटा बैंक रहेका छन् । जसमा नेपाल बैंकले ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम बैंकको ७.४० प्रतिशत, प्रभु बैंक ७.५० प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमई ७.६० र नबिल बैंकको ७.७५ प्रतिशत रहेको छ । ७ प्रतिशत भन्दा कम ब्याजदर कृषि विकास बैंकको ६.४४ प्रतिशत मात्रै रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार