images
images

नेपालमा विदेशी पर्यटकको सङ्ख्यासँगै बढ्यो आय, तर बढेन बसाइ !

नेपालमा विदेशी पर्यटकको सङ्ख्यासँगै बढ्यो आय, तर बढेन बसाइ !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार पर्यटकहरूको सङ्ख्यासँगै उनीहरूबाट हुने आय पनि बढेको पाइएको हो ।

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • images
    images
    नेपालमा विदेशी पर्यटकको सङ्ख्यासँगै बढ्यो आय, तर बढेन बसाइ !

    काठमाडौँ / नेपालमा पछिल्लो समय पर्यटकहरूको आगमनसँगै उनीहरूले गर्ने खर्चमा पनि बृद्धि भएको पाइएको छ ।

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार पर्यटकहरूको सङ्ख्यासँगै उनीहरूबाट हुने आय पनि बढेको पाइएको हो । नेपाल बसाइका क्रममा गर्ने प्रतिदिन औसत खर्च झन्डै ४ अमेरिकी डलरले वृद्धि भएको पाइएको हो । 

    मन्त्रालयको तथ्याङ्क अनुसार २०८० मङ्सिर मसान्तसम्म एक पर्यटकले प्रतिदिन औसत ४४.५० डलर खर्च गरेको देखिन्छ । २०७९ पुससम्म प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलरमात्र थियो । यस आधारमा एक वर्षमा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेको देखिन्छ ।

    कोभिड महामारीका बेला कम पर्यटक आगमन भएको आर्थिक वर्ष २०७८÷७९ (सन् २०२१) मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए । त्यसबेला पर्वतारोहण र पदयात्रामा आउने पर्यटक संख्या धेरै हुँदा खर्च र बसाइ अवधि समेत धेरै देखिएको थियो ।

    उक्त वर्ष प्रतिपर्यटक औसत बसाइ १५.५ दिन थियो । पर्यटक आगमन बढ्न थालेपछि भने बसाइ अवधि र खर्च दुवै औसतमा कम देखिन्छ ।

    यस्तै, यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारन्टीनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको बताइन्छ । तर त्यसअघि पनि नेपाल आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

    प्रति–पर्यटक प्रतिदिन खर्च (डलर)

    सन् २०१७– ५४
    सन् २०१८– ४४
    सन् २०१९– ४८
    सन् २०२०– ६५
    सन् २०२१– ४८
    सन् २०२२– ४०.५
    सन् २०२३– ४४.४०

    स्रोतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

    बसाइ अवधिमा छैन सुधार ! 

    मन्त्रालयले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क तुलना गर्दा पर्यटकको बसाइ अवधिमा भने सुधार देखिएको छैन । तथ्याङ्क अनुसार यो वर्ष मङ्सिर मसान्तसम्म विदेशी पर्यटकको औसत बसाइ अवधि १३.४ दिन देखिन्छ । एक वर्ष अगाडिको तथ्याङ्कमा विदेशी पर्यटकको औसत बसाइ अवधि १३.१ दिन थियो ।

    1.JPGस्रोतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

    पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि

    पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार पर्यटक आगमनमा भएको सुधारसँगै पर्यटनबाट हुने आयमा समेत उल्लेख्य वृद्धि देखिन्छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आव २०८०÷८१ को पहिलो ६ महिनामा पर्यटकबाट हुने आम्दानी ३९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

    यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४४.४ प्रतिशत धेरै हो । २०७९÷८० को पुस मसान्तसम्म भ्रमण आय २७ अर्ब ४० करोड रुपैयाँ थियो । भ्रमण आयमा उल्लेख्य सुधार भए पनि नेपालबाट शिक्षाका लागि विदेशिने रकम धेरै हुँदा सेवा खाता घाटामा देखिन्छ । शिक्षाबाहेक नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले समेत ठूलो रकम विदेश लगेको तथ्याङ्कमा देखिन्छ ।

    चालु आर्थिक वर्ष पहिलो ६ महिनामा मात्र ३३ अर्ब ९२ करोड रुपैयाँ घुमफिरमा विदेश जानेसँगै विदेशिएको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिन्छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार २०२३ मा पर्यटकका रूपमा कुल २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरमा निस्किएका थिए । तीमध्ये भारतमा मात्र ७१ हजार ६ सय ९८ नेपाली घुमफिर र पर्यटन प्रयोजनमा गएका थिए ।

    २०२४ को पहिलो महिनामा कति पर्यटक आए ? 

    सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । 
     
    यस्तै, चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । 
    जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार