images
Logo
images
images
images

माछापुच्छ्रे बैङ्कद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर सहयोग

माछापुच्छ्रे बैङ्कद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर सहयोग

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • images
    images
    माछापुच्छ्रे बैङ्कद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर सहयोग

    काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले काठमाडौँको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । 

    images
    images

    बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।  

    माछापुच्छ्रे बैङ्कले बैङ्किङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ । 

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ्ग सेवा पुर्याउने उद्देश्यकासाथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैङ्किङ्ग सेवा, २०३ एटिएम मार्फत १६ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार