images
images

समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • images
    images
    समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

    काठमाडौं/ समृद्धि फाइनान्सले यहि माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडकोतर्फबाट दिनेश कुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
     
    पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधि संचालक राम कुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरेको जनाएको छ । 

    images
    images

    उक्त विषयमा संस्थाको पुतलिसडक कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष नव नियुक्त सञ्चालकले सपथ ग्रहण गरेका थिए । 

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार