images
images

अपि पावरको लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आइपिओ जारी गर्ने

अपि पावरको लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आइपिओ जारी गर्ने

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • images
    images
    अपि पावरको लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आइपिओ जारी गर्ने

    काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओे निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  

    images
    images

    आइपिओ निष्कासनको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन् ।    

    सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी सङ्कलन गर्ने उद्देश्यले १०० अंकित दरका २० लाख  कित्ताले हुन आउने रकम २० करोडको आइपिओे निष्कासन गर्नेछ ।   

    सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाइड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

    आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण  १ सय ३५ करोड नेपाल एस.वि.आई बैङ्कको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत सेयरमा लगानी भएको छ । आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रो मेकानिक समाग्रीहरू जडान गरि अवको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । 

    यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडौँ ल्याइनेछ । यस समूहबाट प्रवर्द्धित कम्पनीहरूबाट हाल सम्म १०० भन्दा बढी विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्याएको छ  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार