images
Logo
images
images
images

बैङ्क तथा वित्तीय संस्थाको विषयमा भ्रामक तथा तथ्यहिन विषयहरूको पछि नलाग्न सिबिफिनको आग्रह

बैङ्क तथा वित्तीय संस्थाको विषयमा भ्रामक तथा तथ्यहिन विषयहरूको पछि नलाग्न सिबिफिनको आग्रह

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    बैङ्क तथा वित्तीय संस्थाको विषयमा भ्रामक तथा तथ्यहिन विषयहरूको पछि नलाग्न सिबिफिनको आग्रह

    काठमाडौँ / बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैङ्क तथा वित्तीय संस्थाका विषयमा केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरूको पछि नलाग्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सिबिफिनले आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरूको वास्तविक तथ्यहरूका बारेमा बुझ्नु परेमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूका आधिकारिक प्रतिनिधिहरूलाई नै सम्पक गर्नसमेत आग्रह गरेको छ । 

    images
    images

    सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति-निर्देशनहरूका  अक्षरशः पालना गर्दै संचालित बैङ्क तथा वित्तीय संस्थाहरूको अत्यन्त सवलीकरण र पारदर्शीरूपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जगजाहेर नै छ ।

    मुलुकको समग्र अर्थतन्त्रको मेरूदण्डकोरूपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरूलाई अन्तराष्ट्रियस्तरको बैङ्किङ सेवा प्रवाह गरिरहेका बैङ्क तथा वित्तीय संस्थाहरूको विरूद्धमा विगत केही दिनदेखि केही व्यक्ति-समूहबाट बैङ्क तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने कार्य भइरहेको भन्दै सिबिफिनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूको अक्षरशः पालना गर्दै संचालित बैङ्क तथा वित्तीय संस्थाहरूको अत्यन्त सवलीकरण र पारदर्शीरूपमा सञ्चालन हुने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

    बैङ्क तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैङ्कले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैङ्कबाट नियमितरूपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही हुने व्यवस्था रहेको सिबिफिनले उल्लेख गरेको छ । 

    बैङ्क तथा वित्तीय संस्थाहरूको आर्थिक परिसूचकहरू जस्तै स् क्यापिटल एडुकेसी रेसियो, लिक्वडिटी रेसियो, सिडी रेसियो, क्यास रिजर्भ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरूको सम्बन्धमा नियममितरूपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरून्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था रहेको स्मरण गराएको छ ।

    नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएको हुने सिबिफिनले जानकारी दिएको छ ।

    पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४४१ शाखा संजाल रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू स्वस्थ एवं सवल रहेको जनाएको छ ।

    सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार