images
Logo
images
images
images

जेष्ठ नागरिक, फरक क्षमता भएका र साक्षर नभएकाको लागि विशेष काउन्टर तोक्न राष्ट्र बैङ्कको निर्देशन

जेष्ठ नागरिक, फरक क्षमता भएका र साक्षर नभएकाको लागि विशेष काउन्टर तोक्न राष्ट्र बैङ्कको निर्देशन

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • images
    images
    जेष्ठ नागरिक, फरक क्षमता भएका र साक्षर नभएकाको लागि विशेष काउन्टर तोक्न राष्ट्र बैङ्कको निर्देशन

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले जेष्ठ नागरिक, फरक क्षमता भएका र साक्षर नभएकालाई बैङ्किङ सुविधामा प्राथमिकता दिन निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो । 

    images
    images

    जेष्ठ नागरिक, फरक ढङ्गले सक्षम र साक्षर भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई बैङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिन बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ । 

    “बैङ्क तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, फरक ढङ्गले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउण्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेको छ,” बैङ्कद्वारा जारी सूचनामा भनिएको छ । 


    त्यस्तै, स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एक वटा एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । 
    साथै, अपाङ्गता भएका व्यक्तिलाई एटिएम, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयम्ले उक्त सेवा उपयोग गर्न सक्षम रहेको एकिन गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैङ्कले बताएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार