images
images

ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा, नगद भुक्तानीदेखि रेमिट्यान्सको समेत सुविधा

ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा, नगद भुक्तानीदेखि रेमिट्यान्सको समेत सुविधा

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा, नगद भुक्तानीदेखि रेमिट्यान्सको समेत सुविधा

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

    images
    images

    सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । 

    यो काउन्टर सञ्चालनमा आएसँगै बैङ्कका एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरूको संख्या ६५ पुगेको छ । 

    नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ बैङ्कले ४६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार