images
images

उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने

उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • images
    images
    उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने

    काठमाडौँ / निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

    images
    images

    आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन आयोगले भनेको छ । सोका लागि फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

    उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने बताइएको छ । 

    अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार