images
images

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउण्टर

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउण्टर

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउण्टर

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको भुम्रेमा नयाँ एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । 

    images
    images

    बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी आज फाल्गुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको हो । 

    सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार