images
Logo
images
images
images

शोधनान्तर स्थिति करिब ३ खर्बले बचतमा, चालु खाता बचत १ खर्ब ६१ अर्ब पुग्यो

शोधनान्तर स्थिति करिब ३ खर्बले बचतमा, चालु खाता बचत १ खर्ब ६१ अर्ब पुग्यो

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    शोधनान्तर स्थिति करिब ३ खर्बले बचतमा, चालु खाता बचत १ खर्ब ६१ अर्ब पुग्यो

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति बचत करिब ३ खर्ब पुगेको छ । केन्द्रीय बैङ्कले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको जानकारी दिएको हो । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ । 

    त्यस्तै, समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई रु.३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार