images
images

महालक्ष्मी विकास बैङ्कको २०८१ सालको भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकास बैङ्कको २०८१ सालको भित्तेपात्रो प्रकाशन

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कको २०८१ सालको भित्तेपात्रो प्रकाशन

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले आगामी बर्ष २०८१ सालको क्यालेन्डर प्रकाशित गरेको छ । ‘सबल बैङ्क, सफल सहकार्य’लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्षदेखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले आगामी बर्षको क्यालेन्डर आज आइतबार आफ्नो आधिकारिक वेवसाइटमार्फत प्रकाशित गरेको हो । 

    images
    images

    बैङ्कले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरूमार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरू समक्ष ल्याएको हो । 

    उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैङ्कले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागी तस्विरहरू मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

    मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरूलाई जानकारी राख्नु बैङ्कको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैङ्कले जनाएको छ । 

    ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैङ्कको आधिकारिक वेवसाइट मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

    विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको सो बैङ्कले आम ग्राहकहरूको बैङ्किङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार