images
images

प्रतिनिधिसभा बैठक : गृहमन्त्री रवि लामिछानेको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

प्रतिनिधिसभा बैठक : गृहमन्त्री रवि लामिछानेको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • images
    images
    प्रतिनिधिसभा बैठक : गृहमन्त्री रवि लामिछानेको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । 
     
    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए। 
     
    सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे ।
     
    सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । 
     
    तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार