images
images

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 

    images
    images

    आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरिएको निमगले जनाएको छ । 

    मूल्य घटेसँगै शनिबारदेखि काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा पर्नेछ भने सुर्खेत र दाङ्मा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल १५७ रुपैयाँ पर्ने निगमले जनाएको छ । 

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार