images
images

इलाम–२ उपनिर्वाचन  : रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

इलाम–२ उपनिर्वाचन  : रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • इलाम–२ उपनिर्वाचन  : रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

    images
    images

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । 

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महासचिवसमेत रहेका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो । 

    पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रूपमा चयनको निर्णय गरेको पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी र्दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार